
काठमाण्डाै | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।
फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने र इन्स्टल गरेपछि मोबाइल वा कम्प्युटरमा नियन्त्रण पुग्ने तथा बैंक खाताबाट लाखौं रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण हुने घटना दर्ता भएपछि सीआईबीले यस्तो अनुरोध गरेको हो ।
ब्युरोले एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिने गरेको पाइएको र बैंक खाताबाट रकम चोर्ने घटनाहरू बढेको बताएको छ । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको उल्लेख गरेको छ ।
यस्ता घटना भएमा तत्काल बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले आग्रह गरेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...