निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति अध्यावधिक गरेको छ । आयोगको बुधबारको बैठकले रास्वपाले पदाधिकारी तथा सदस्य हेरफेरका लागि दिएको निवेदन अध्यावधिक गरेको हो । आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो ।

अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ ।अध्यावधिक भएको विवरण अनुसार रास्वपाको १० जनाको पदाधिकारी रहेको छ भने  ६२ सस्यीय केन्द्रीय समिति रहेको छ ।

प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् ।

निर्वाचन आयोगले रास्वपामा पदाधिकारीमा भएको हेरफेर नभएको जानकारी गराएपछि त्यसको आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए । ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको छ ।

सम्बन्धित समाचार

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८२ श्रावण २८, १८: ४४

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...

भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
  • २०८२ श्रावण २८, १८: ४४

काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ श्रावण २८, १८: ४४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...