
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा हुने मिति घोषणासँगै पार्टीको नेतृत्व लिन ७० बर्ष उमेर कटेका नेताहरुले आकांक्षा देखाएका छन् ।
युवा नेता र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको आवाज जोडतोडका साथ उठीरहेको बेला महाधिवेशनमा नेतृत्वको आकांक्षा राख्नेहरु भने अपवादलाई छोडेर सबै ५० वर्ष कटेका छन् । त्यसमा पनि पदाधिकारीका आकांक्षी धेरैैजसो ६० कटेका र सभापतिका आकांक्षी ७० वर्ष उमेर कटेका छन् ।
पार्टी सभापतिमा पुन उम्मेदवार बन्ने योजनाका साथ आफ्नो समूहमा घनिभूत छलफल चलाइ रहेका नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षीमध्ये सबैभन्दा बृद्ध वा पाका नेता हुन । पौडेलले ७४ बसन्त पार गरिसकेका छन् ।
सभापतिमा पुन दोहोर्याउने मनोकांक्षा राखेका सभापति शेरबहादुर देउवा पनि यो बर्ष ७४ बर्ष पुग्दैछन् । उनी पुनः सभापति हुने र प्रधानमन्त्री हुने रणनीति र योजनामा छन् ।
सभापतिका अर्का आकांक्षी कृष्णप्रसाद सिटौला यसै वर्ष ७१ बर्ष पुग्दैछन् । सिटौला पार्टीको १३ औं महाधिवेशनमा देउवा र पौडेलसँग प्रतिष्पर्धामा उत्रिएका नेता हुन् ।
सभापतिका अर्का आकांक्षी डा. शेखर कोइराला पनि यही महिनादेखि ७२ बर्ष पुरा गरेका छन् । उनी एक पटकको लागि पार्टी नेतृत्व लिनकै लागि उम्मेदवार बन्ने भन्दै देश दौडाहामा व्यस्त छन् ।
सभापतिका अर्का आकांक्षी पार्टीका पूर्वसहमहामन्त्री डा.रामशरण महत पनि ७१ बर्ष उमेर कटिसकेका छन् । सभापतिका अर्का आकांक्षी अर्जुननरसिंह केसीले पनि सात दशक पार गरिसकेका छन् ।
६ दशक पार गरेका नेता पुत्रत्रय सभापतिका आकांक्षी

पार्टीमा दोश्रो पुस्ताको रुपमा हेरिएका तीन नेताले समेत सभापतिमा आकांक्षा देखाएका छन् । उनीहरुमध्ये उपसभापति विमलेन्द्र निधीले देउवाको सहमति भएमा सभापतिको उम्मेदवार बन्ने सर्तसहितको आकांक्षा देखाएका छन् ।
अहिंसाबादी नेताको पहिचान बनाएका पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्र निधी उमेरले ६ दशक हिउँद खाएका अनुभवी नेता हुन् ।
सभापतिका अर्का आकांक्षी डा. शशांक कोइराला पार्टी संस्थापक नेता बीपी कोइरालाका कनिष्ठ पुत्र हुन् । ६१ बसन्त पार गरेका डा. शशांकलाई नोना पुत्र शेखरले त्यसैकारण १४ औं महाधिवेशनमा आफूलाइृ सभापतिमा समर्थन गर्न पारिवारिक र सांगठानिक दबाब दिइरहेका छन् ।
पार्टीका संस्थापक जनआन्दोलनका कमाण्डर लौहपुरुष गणेशमान सिंहका पुत्र तथा पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंह ६३ बर्ष उमेर पार गरेका अनुभवी नेता हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सबैभन्दा बृद्ध नेता भने केबी गुरुङ हुन । उनले ८५ बसन्त पार गरिसकेका छन् । पूर्वउपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा, डा. नारायण खड्का र प्रदीप गिरीले पनि ७० वसन्त पार गरिसकेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...