७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

काठमाडौँ । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाउँदैछ । अगस्ट १५ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।   सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरेको हो ।

यो दिन भारतको स्वतन्त्रता सङ्ग्राममा अहिंसात्मक आन्दोलन, सविनय अवज्ञा र देशभक्तिको भावनाका साथ अनगिन्ती स्वतन्त्रता सेनानीहरूले देखाएको एकता र बलिदानलाई सम्मान गर्ने अवसर हो। भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ। मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन्। झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ।

‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री मोदीले आज देशको विकाससँग सम्बन्धी आफ्नो भाषण दिनेछन् । आज पनि प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन्।लालकिलामा आयोजन हुने विशेष समारोहलाई ध्यानमा राखि दिल्लीको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ श्रावण ३०, ०८: ०२

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ श्रावण ३०, ०८: ०२

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ श्रावण ३०, ०८: ०२

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...