प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन – Naya Bikalpa
June 23, 2026, Tuesday      Epaper

प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।

मधेश प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो ।

यसअघि आफ्नो भवन नभएकाले मधेश प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो । जनकपुरधाम वडा नंं ४ स्थित  नवनिर्मित भवन सञ्चालनमा आएपछि मधेश प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको छ ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेको सो भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले तोकिएको समयसीमा भित्रै तयार गरेको थियो ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ श्रावण ३०, १८: २७

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ श्रावण ३०, १८: २७

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ श्रावण ३०, १८: २७

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...