लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्स ३२५ एफ को पहिलो क्याविनेट बैठक ‘लेमन ट्रीमा सुरु – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्स ३२५ एफ को पहिलो क्याविनेट बैठक ‘लेमन ट्रीमा सुरु

काठमाडौं । नेपालको लायनिज्ममा सबैभन्दा उत्कृष्ट कार्य गर्दै आएको डिष्ट्रिक्स ३२५ एफ को लायन वर्ष २०२५–२०२६ को पहिलो क्याबिनेट बैठक आज बिहान ९  बजेबाट बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा  सुरु भएको छ ।

२०२५–२०२६ का डिष्ट्रिक्स गभर्नर लायन केशर बहादुर भण्डारीको वर्किङ टुगेदर (सँगसगै काम गरौं) भन्ने नारालाई साकार पार्न डिष्ट्रिक्स ३२५ एफमा आबद्ध १०६ वटा क्लबका २००० भन्दा बढी लायन्स सदस्यहरुलाई सेवाको भावनालाई प्रभावकारी ढंगले अगाडि बनाउन प्रोत्साहन स्वरुप सर्भिस बैंकको अवधारणा अगाडि सारिएको छ ।

डिष्ट्रिक्स ३२५ एफले लायन वर्ष २०२५–२०२६ सुरु हुनुभन्दा एक महिना अगाडि नै गोदावरी रिसोर्टमा रोमान्चकारी फेलोसिप सहित २ दिने अफिसर्स ट्रेनिङ गरिसकेको छ । त्यस्तै इन्द्रेणी स्वीट होटलमा एकदिवसीय पीभिएसटी ट्रेनिङ पनि सम्पन्न गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा श्रीलंकामा डिष्ट्रिक्स मिसन १५ को बैठक तथा अमेरिकाको ओरान्डोमा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिएर डिष्ट्रिक्स गर्भनर, पूर्वगर्भनरहरुद्वारा समेत नेपाल फर्किसकेका छन् । यसैबीच आज सम्पन्न हुन लागेको पहिलो क्याबिनेट बैठकमा सेवाको भावना लिएर उत्कृष्ट कार्य गर्ने लायन्स क्लबहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जसअनुसार मंथ्ली अवार्ड, एयर्ली अवार्ड, समयमा नै अन्तर्राष्ट्रिय डिउज बुझाउने क्लबहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

जसअनुसार सुपर प्याटेनियम अवार्डबाट ५१ वटा क्लब सम्मानित हुँदैछन् भने प्लाटेनियम अवार्डबाट २२ वटा क्लब र सुपर डायमण्ड अवार्डबाट २ वटा क्लबहरु सम्मानित हँुदैछन् ।
त्यसैगरी लायन वर्ष २०२५–२०२६ को सृुरुको महिनामै ओरान्डो समिटमा १५ वटा नयाँ क्लब स्थापना गर्न सफल भएपछि अमेरिकाको अन्तर्राष्ट्रिय सेमिनारमा समेत डिष्ट्रिक्स ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारी अन्तर्राष्ट्रिय लायनिज्ममा चर्चाको शिखरमा पुगेका थिए । लायन वर्ष २०२५–२०२६ को सुरु महिनामै डिष्ट्रिक्स ३२५ एफले सर्भिसका थुप्रै कामहरु गरेको छ । अन्तर्राष्ट्रिय एफजेएफ डिष्ट्रिक्स ३२५ एफका सदस्य क्लबहरु १६ वटाले एमजेएफ कन्ट्रिब्युसनमा १२७१० अमेरिकी डलर जम्मा गर्न सफल भएका छन् ।

लायन वर्ष २०२५–२०२६ को नयाँ कार्यक्रम अन्तर्गत सर्भिस बैंकमा २८ क्लबहरुले २ लाख ५३ हजार जम्मा गरिसकेको नेपाल लायन फाउण्डेशनमा २२ जना लायन्स लिडरहरुले १,१२,००० रकम डेनेशन गरिसकेको डिष्ट्रिक्स ३२५ एफ अन्तर्गत ३० वटा जोन चियर पर्सनले पहिलो जोन बैठक गरिसकेको लायन वर्ष २०२५–२०२६ गएका वर्षभन्दा निकै सफल हुने देखिन्छ ।

यसैबीच लायन वर्ष २०२५–२०२६ लाई सफलताको शिखरमा पु¥याउन गभर्नर लायन केशरबहादुर भण्डारीले डिष्ट्रिक्स ३२५ एफलाई लायनिज्मको यात्रामा अविष्मरणीय बनाउन ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’– यस सशक्त अभिव्यक्तिले हाम्रो पहिचानलाई परिभाषित गर्छ । त्यसैगरी, “हामी सेवा गर्छौं” भन्ने मूल नाराले लायन्स क्लबस् इन्टरनेशनलको सदस्यको हैसियतमा हाम्रो प्रतिबद्धता र उद्देश्यलाई स्पष्टरूपमा झल्काउँछ । तपाईंहरूको निरन्तर समर्पण, सहयोग र नेतृत्वका कारण, डिस्ट्रिक्ट ३२५ एफले विगतका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । मलाई दृढ विश्वास छ– यही एकता, ऊर्जा र समर्पणद्वारा लायन वर्ष २०२५–२०२६ अझ बढी प्रभावकारी, सशक्त र उद्देश्यपूर्ण बन्नेछ ।

यस वर्ष हामीले “सेवा सप्ताह” कार्यक्रममार्फत लक्षित सेवा अभियानको शुभारम्भ ग¥यौंं, जसमा हाम्रा क्लबहरूले सक्रिय सहभागिता जनाउँदै विविध सामुदायिक परियोजनाहरू सञ्चालन गरेका छन् । यसले समुदायमा हाम्रो उपस्थिति थप सशक्त बनाएको छ र क्लबहरूमा नयाँ ऊर्जा सञ्चार गरेको छ । अहिलेसम्म हामीले १५ वटा नयाँ क्लबहरू चार्टर गरिसकेका छौं र धेरै अन्य क्लबहरू चार्टर हुने प्रक्रियामा छन् । यस वर्षको हाम्रो लक्ष्य २५ वटा नयाँ क्लब स्थापना गर्ने रहेको छ । यससँगै, हामी सदस्यता वृद्धिको क्षेत्रमा पनि उत्साहजनक प्रगति गरिरहेका छौं, यस वर्ष १२५० जना नया सदस्यलाई आमन्त्रण गर्नुछ, जुन हाम्रो सामूहिक प्रयासहरूको प्रतिफल हो ।

लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) अन्तर्गत हामीले छोटो अवधिमा १५ भन्दाबढी एमजेएफ (Melvin Jones Fellowship) योगदान सुरक्षित गर्न सफल भएका छौं । म सबै उदार सहयोगदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हामीलाई यस वर्षका लागि ३०,००० अमेरिकी डलरको लक्ष्य दिइएको छ, जुन हाम्रो सामुहिक भावना र साझा उत्तरदायित्वबाट सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धतामा छौं । साथै, (LCIF) को सहकार्यमा प्रभावकारी सेवा परियोजनाहरू सञ्चालन गर्ने हाम्रो योजना छ । नेतृत्व विकासलाई हाम्रो प्रमुख प्राथमिकताका रूपमा लिएका छौं । हामीले डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ्ग सम्पन्न गरेका छौं एवं काठमाडौंमा क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छौं । यसलाई चाँडै तराईमा पनि गर्ने तयारीमा छौं त्यसैगरी डिष्ट्रिक्ट लायन्स लिडरसिप इन्स्टिच्युट (DLLI), एमर्जिङ्ग लायन्स लिडरसिप इन्स्टिच्युट (ELLI) र सर्टिफाइड गाइडिङ्ग लायन (CGL) ट्रेनिङ्ग चाडैं गर्दैछौं । सक्षम नेतृत्व विकासबाट नै हाम्रो अभियानलाई दीर्घकालीन स्थायित्व प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ ।

देशको वर्तमान आर्थिक चुनौतीहरूका बीच पनि तपाईंहरूको अटूट उत्साह र सक्रियता अत्यन्त प्रशंसनीय छ । यसले हाम्रो लचिलोपन, संकल्प र प्रतिबद्धताको प्रमाण दिन्छ । हाम्रो समाजले अझै पनि हाम्रो सेवाको आवश्यकता महसूस गरिरहेको छ । अतः हामी सबैले सेवा मन भएका नयाँ व्यक्तिहरूलाई लायनिज्ममा स्वागत गर्न, तिनीहरूलाई प्रेरित गर्न र सेवा तथा नेतृत्वका अवसरहरू प्रदान गर्न निरन्तर लाग्नुपर्छ ।
यस वर्ष हामीले सुरु गरेका नयाँ पहलकदमीहरू—जस्तै ‘सर्भिस बैंक’ले क्लबहरूलाई औपचारिक खर्च कटौती गर्दै सेवा कार्यमा प्रत्यक्ष योगदान पु¥याउन प्रेरित गरिरहेका छन् । साथै, नेपाल लायन्स फाउन्डेसन (NLF) मा केन्द्रित गर्दै हामीले ६० लाख नेपाली रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छौं, जसले फाउन्डेसनको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तै, “ Strong Clubs, Sustainable Members” अवधारणालाई मूर्तरूप दिन हामीले आजीवन सदस्यता अभियान सुरु गरेका छौं । लायन्स इन्टरनेशनलले घोषणा गरेको मिशन १.५ अन्तर्गत, सन् २०२७ सम्म १५ लाख सदस्य पु¥याउने लक्ष्य छ । हामीमध्ये प्रत्येक लायनले कम्तिमा एक जना नयाँ सदस्यलाई आव्हान गर्दै नयाँ समुदायमा क्लब विस्तार गरी यस महान मिशनमा योगदान गर्न सक्छौं ।


आउनुहोस्, हामी सबै मिलेर सेवा, सदस्यता, नेतृत्व, एलसीआइएफ LCIF), एनएलएफ (NLF) र सर्भिस बैंकका क्षेत्रमा समर्पणका साथ उल्लेखनीय उपलब्धीहरू हासिल गरौं । जसरी हाम्रा अन्तर्राष्ट्रिय अध्यक्ष लायन ए. पी. सिंह भन्नुहुन्छ — Lead to Serve, Serve to Lead” भन्ने आग्रह गरेका छन् । यसरी डिष्ट्रिक्स ३२५ एफले अन्तर्राष्ट्रिय जगतमा नै यस वर्ष उल्लेखनीय कार्य गर्दै गएकोले अन्तर्राष्ट्रिय जगतमा डिष्ट्रिक्स ३२५ एफले नेपालको गौरव बढाउन उल्लेखनीय कार्य गरेको छ । जसले गर्दा आगामी वर्षहरुमा नेपालको लायनिज्मले लायन्स अन्तर्राष्ट्रियको पदाधिकारीदेखि अध्यक्ष नै हात पार्ने दिन नजिकिँदैछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ श्रावण ३१, १०: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ श्रावण ३१, १०: ३०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ श्रावण ३१, १०: ३०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...