भूमि सम्बन्धी विधेयकबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक पाँच मिनेटमै सकियो – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

भूमि सम्बन्धी विधेयकबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक पाँच मिनेटमै सकियो

काठमाडौंः प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ ।

शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । समितिको बैठक ११ बजे बोलाइए पनि समिति सदस्यहरु समयमा उपस्थित हुन सकेनन् । समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिव डेढ घण्टा पर्खिनुपर्‍यो । डेढ घण्टासम्म कुरेर पनि बैठक अघि बढ्न सकेन ।

जम्मा पाँच मिनेट बैठक बसेपछि समिति सभापति कुसुमदेवी थापाले समिति सदस्यहरुलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन् । साथै बैठक पनि समापन भएको घोषणा गरे ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरुले बिरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो । जसमा सांसदहरुले अध्ययनको समय नपुगेकाले थप समय मागेपछि बैठक स्थगित गर्नुपरेको बताए।

उनले भने, ‘ड्राफ्ट तयार भएको थियो, त्यसमा माननीयज्युहरुले अध्ययन पुगेन, केही समय चाहियो भन्नुभयो । त्यसैले आजका लागि बैठक स्थगित गरेका हौँ ।’

समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले संशोधन कर्ताहरुसँग थप छलफल गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपरेको बताइन् । हिन्दुकुष सम्मेलनका कारण पनि त्यसमा ध्यान दिनुपर्दा अध्ययन गर्न समय नपुगेकाले समय मागिएको उनको भनाइ छ ।

नेकपा एमाले सांसद सरस्वती सुब्बाले सबै प्रक्रिया सकिसकेपछि समितिले प्रतिवेदनका रुपमा टुंग्याउनुपर्ने प्रावधानअनुसार त्यसअघि सांसदहरुले अध्ययन गर्नुपर्ने भएकाले समय माग गरिएको बताइन्। उनले संघीय निजामति विधेयकबारे पनि हालै भएको घटनाबाट सचेत रहँदै गुणात्मक बनाउन आफूहरुले समय माग गरेको बताइन् । भूमि सम्बन्धी विषय राजनीतिक मुद्दा पनि भएकाले राजनीतिक रुपमा पनि सहमति गर्ने हिसावले समय थप गरिएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भूमि विधेयक भूमिहिन दलित र भूमिहिन सुकुम्वासीको लागि भए सरकार, मन्त्रालय गम्भीर हुनुपर्ने बताए । उनीहरुलाई देखाएर प्रपञ्च रचिएको उनको आरोप छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीकै विमति हुनु र सत्ता पक्षका सांसदहरुले गोप्य बैठक बसेर बैठक स्थगित गरिएको आरोप लगाए ।

समितिमा शनिबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफलका लागि बोलाइएको थियो ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ श्रावण ३१, १४: १३

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ श्रावण ३१, १४: १३

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ श्रावण ३१, १४: १३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...