राष्ट्रियसभामा युवराज पुनः दाेहोरिदै, ईश्वरलाई ओलीको अभयदान ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रियसभामा युवराज पुनः दाेहोरिदै, ईश्वरलाई ओलीको अभयदान !

नयाँं विकल्प ,

काठमाडौ – राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा वर्तमान अर्थमन्त्री युवराज खतिवडा दोहारिने भएका छन्।

उनलाई प्रधानमन्त्री ओलीले शिफारिस गर्नका लागि आफु निकट नेताहरुसंग छलफल गरेको बालुवाटार स्रोतले बतायो। नेकपा सचिवालयको भोलि बस्ने बैठकमा यो निर्णय हुने स्रोतले बतायो।

राष्ट्रियसभा सदस्यमा दुई बर्षका लागि निर्वाचित भएका खतिवडाको गत फागुनमा अवधी सकिएको थियो। नेपालको संविधानमा प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्य नभएपनि ६ महिना सम्म मन्त्री बन्न पाँउछ।

यस अनुसार खतिवडा भदौ १९ सम्म मात्र मन्त्री बन्न पाउने छन् । तर त्यो अगाबै प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिबाट सदस्यमा मनोनित भएमा मन्त्री हुनका लागि अयोग्य मानिदैन।

यस अघिको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा शिफारिस गर्ने औपचारिक निर्णय गरेको थियो। गौतमले शुरुमा आफु राष्ट्रियसभा सदस्यमा जान ईच्छा ब्यक्त गरेपनि पछिल्लो पटक आएर आफु नजाने भन्दै आएका छन् ।

उनले नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्यपनि प्रधानमन्त्री हुने ब्यबस्था नगरे सम्म आफु सदस्य नहुने बताउदै आएका छन् ।

भोलि शनिबार बस्ने नेकपा सचिवालयको बैठकले औपचारिक निर्णय गरेपछि खतिवडाका लागि बाटो खुल्ला हुने भएको छ। गैतमले आफु नजाने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाई सन्चो भएको छ।

गौतमको पक्षमा निर्णय गरेर उनलाई आफुतर्फ तान्न सफल हुनु, तर जान्न भन्नु र खविडालाई दोहोर्याउने प्रधानमन्त्रीको ईच्छा पुरा हुनुलाई बालुवाटारमा ‘साप पनि मर्नु लौरोपनि न भाँचिनु’ भन्ने उखानसंग मिल्दो जुल्दो भएको टिप्पणी हुन थालेको छ। राष्ट्रियसभा सदस्यका लागि खतिवडा बाहेक अन्य दावेदार समेत छन् ।

तर प्रधानमन्त्री ओलीको रुचीमा परेका खतिवडाले बाजी मार्ने भएका छन् । अन्य दावेदारमा युवराज कार्की, युुवराज ज्ञावली ,र गरू बराल पनि छन् । कार्की जापानका लागि राजदूत भएर पनि सरकार परिवर्तनको शिकार भएका नेता हुन।ज्ञावली नेकपा स्थायी समिति सदस्य हुन् ।

पोखरेललाई ओलीको अभयदान

नेकपा सचिवालय बैठकपछि मन्त्रीमण्डल पुनगर्ठन हुने आन्तरिक तयारी छ। धेरैले अवको पुनर्गठनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल फालिने अनुमान गरेका थिए।

तर प्रधानमन्त्री ओलीले पछिल्लो चरणमा आएर मनस्थिति परिवर्तन गर्दै पोखरेललाई कायम राख्ने सोच बनाएको बालुवाटार स्रोतले बतायो। एक नेताका अनुसार पोखरेललाई सरकारबाट हटाउने बित्तिकै पार्टी भित्रको समीकरणमा समेत प्रभाव पर्ने सक्ने भन्दै ओलीले ईश्वरलाई चिढाउन चाहेका छैनन् ।

नौ सदस्य सचिवालयमा पोखरेलले समूह परिवर्तन गरेर वरिष्ठ नेता माधव नेपाल र अर्का अध्यक्ष प्रचण्डको पक्षमा लागे उनीसंग केवल महासचिव विष्णु पौडेल र बामदेव गौतम मात्र रहने छन् । त्यसैले अबको पुनर्गठनमा पोखरेलले अभयदान पाँउदै निरन्तरता पाउने एक नेताले बताए।

तर पछिल्लो समयमा आएर पोखरेल निकै विवादमा तानिएका छन् ।दुबईबाट नेपाल एअरलाईन्सको बिमान रित्तै काठमाडौ फर्किनु, सेनासंगको सम्बन्ध चिसिनु, बाणिज्य बैकमा आफ्नो सम्धीको नियुक्तिका बिषयमा पोखरेल विवादमा तानिएका थिए।

तर प्रधानमन्त्री ओलीले भीम रावल, सुरेन्द्र पाण्ड जति गरेपनि आफ्नो मान्छे नभएको बरु पोखरेलले नै साथ दिएको भन्दै उनले सरकारबाट हात धुनुनपर्ने भएको छ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ भाद्र १२, १२: २१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ भाद्र १२, १२: २१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ भाद्र १२, १२: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...