
काठमाडौं : नेकपा एमालेको यही भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् ।
उनले विसं २०७८ मा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए । उनले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । यसैगरी, महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी, महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने, सातदोबाटोबाट गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध गर्ने तयारी छ ।
प्रचार विभाग प्रमुख गौतमले यही भदौ १० गतेसम्म मातहतका कमिटीलाई विधानबारे सुझाव दिन समय दिएको बताए । उनका अनुसार महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...