डा. गोविन्द केसी बसेकाे हाेटल प्रहरीकाे घेराबन्दीमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

डा. गोविन्द केसी बसेकाे हाेटल प्रहरीकाे घेराबन्दीमा

फाइल फाेटाे


नयाँ विकल्प,


काठमाडाैं- स्वास्थ्य सुधारकाे माग गदैं लामाे समय अनसन बसेकाे डा. गोविन्द केसी जुम्लामा प्रहरी घेराबन्दीमा परेको बताएका छन्। ।

असाहतय तथा आर्थीक अवस्था कमजाेर भएका विरामीकाे निसुल्क स्वास्थ परिक्षणमा अहाेरात्र खटिएने केसीलाइ जुम्ला प्रहरीले उनि बसेकाे हाेटल बाहिर निस्कन दिएकाे छैन् ।

जुम्लाकाे सदरमुकाम खलंगा पुगेका केसी होटल रोयल गार्डेनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाने क्रममा नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे दफ्फाले राेकेकाे हाे ।


केसीले स्वास्थ्यकर्मीले स्वास्थ्यको प्रोटोकल पालना गरेर निस्किन खोज्दा राेकेकाे प्रति आक्राेस पाेखेका छन् । चिकित्सा शिक्षा सुधार अभियन्ता केसी साउनदेखि जुम्लामा छन्।

उनी दुई वर्षअघि त्यहीँ गएर अनसन बसेका थिए। सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबिबिएस र डिग्रीको पढाइ सुरू गर्ने सम्झौता गरेको थियो। यो दुई वर्षमा जुम्लामा तीन सय बेडको अस्पताल बन्यो, तर डा. केसीसँगको सम्झौता पूर्ण पालना भएन।

एमबिबिएस र डिग्री अझै सुरू भएको छैन। यही बेला डा. केसी सम्झौता पालना निम्ति दबाब दिन साउन ९ गते जुम्ला हिँडेका थिए। साउन ११ गतेबाट नयाँ चरणको सत्याग्रह सुरू गर्ने उनको निधो थियो।तर, देशभरि कोरोना महामारी फैलिएकाले सत्याग्रह बस्ने समय बढाउँदै उनी ११ गते नै कालिकोट हिँडे।

त्यहाँ गएर केही समय बिरामीको उपचार गरे। त्यसपछि डोल्पा गएर त्यहाँको जिल्ला अस्पतालमा एक साता काम गरे। त्यसपछि मुगु हिँडे।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत कार्यक्रम सञ्चालन र स्नातकोत्तर तहको अनुमति, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरू लगायत केसीका माग छन्।

प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् भन्ने पनि उनले माग गरेका छन्।

२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने गायतका माग उनले राखेका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ भाद्र १२, १३: ३३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ भाद्र १२, १३: ३३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ भाद्र १२, १३: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...