विभिन्न जिल्लाका सीडीयो फेरिए – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

विभिन्न जिल्लाका सीडीयो फेरिए

काठमाडौं।सरकारले विभिन्न जिल्लाहरुका सीडीयो सरुवा गरेको छ ।गृह मन्त्रालयले बुधबार काठमाडौंसहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालय पठाइएको छ । काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।
मन्त्रालयले २० सहसचिव र २४ उपसचिवको एकसाथ सरुवा गरेको हो

त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सिडिओ हेरफेर गरिएको छ । ती जिल्लामा रहेका सिडिओहरू अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ ।

त्यस्तै गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सिता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सिडिओ बनाइएको छ ।

 

सम्बन्धित समाचार

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
  • २०८२ भाद्र ५, ०७: ५९

काठमाडौँ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०८२ भाद्र ५, ०७: ५९

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ भाद्र ५, ०७: ५९

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...