
काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ।भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गमा रहेको छ, यसले दक्षिण–पश्चिम एटलान्टिक र दक्षिण–पूर्वी प्यासिफिक ओसनलाई जोड्छ ।
चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।भूकम्प समुद्री सतहबाट ३६ किलोमिटर गहिराइमा केन्द्रित भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। यसको केन्द्र ३६ किलोमिटर गहिराइमा थियो । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ । ड्रेक जलमार्गको चौडाइ कम्तीमा ८०० किलोमिटर छ ।
यद्यपि, हालसम्म कुनै पनि हताहत वा संरचनात्मक क्षतिको विवरण सार्वजनिक भएको छैन।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...