रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आईसोलेसनमा, सचिवालय बैठक स्थगित – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आईसोलेसनमा, सचिवालय बैठक स्थगित

काठमाडौं – रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आईसोलेसनमा सेल्फ आइसोलेसनमा बसेका छन् ।थापा र पाेखरेल बैठक उपस्थित नभएपछि नेकपा काे सचिवालय बैठक स्थगित गरिएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल दुवै जना नेकपा सचिवालय सदस्य हुन ।

गृहमन्त्रालय स्राेतका अनुसार शुक्रबार थापा निजि निवासबाट बाहिर निस्केका छैनन् । घरमा समेत उनि परिवारका अन्य सदस्यसंग पनि टाढै बसेका छन् ।थापाले राजनीतिक भेटघाट पनि बन्द गरेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यरत कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ।

थापा र पाेखरेल सेल्फ अाइसाेलेसनमा बस्नु परेपछि नेकपाकाे पूर्व निर्धारीत शनिबार बस्ने भनिएको सचिवालय बैठक बैठक समेत स्थगित भएको छ ।

स्थगित बैठक १८ भदौका लागि सरेको छ। बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ भाद्र १२, १४: ५६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ भाद्र १२, १४: ५६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ भाद्र १२, १४: ५६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...