कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए

डा. गोविन्द सुब्बा
प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त भएका सुब्वा धनकुटा निवासी हुन् । उनी विभिन्न एनजिओ र आइएनजिओमा कार्यरत छन् । सुरुमा कम्युनिष्ट राजनीतिमा लागेका सुब्वा जनतम संग्रहपछि काँग्रेसमा प्रवेश गरेका थिए । सुब्बाअंग्रेजी विषयका प्राध्यापक हुन् । धनकुटाको सिधुवा प्राविबाट प्राथमिक शिक्षा हासिल गरेका उनले गोकुण्डेश्वर माविबाट एसएलसी पास गरेको हो ।

धनकुटा क्याम्पसबाट प्रमाणपत्र र स्नातक तह उत्तीर्ण सुब्बाले र्तिपूर बहुमुखी क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर गरेको छ । उनले भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् । उनी अहिले नेपाल तथा एसियाली अनुसन्धान केन्द्र(सिनास) मा भाषा विज्ञानका प्राध्यापक छन् ।

रत्नेश्वरलाल कायस्थ
प्रदेश नं २ को प्रमुखमा नियुक्त भएका कायस्थ नेपाल सरकारका पूर्व सचिव हुन् । महोत्तरी निवासी कायस्थ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् । कायस्थ संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुन् । उनले लण्डनको इम्पेरियल कलेजबाट भूविज्ञानमा एमएस्सी गरेका छन् । उहाँ जलस्रोत विज्ञका रुपमा पनि परिचित छन् ।

अनुराधा कोइराला
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला चर्चित समाजसेवी हुन् । समाजसेवामा राम्रो छवि बनाँउदै आएकी कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनले कालिम्पोङको सेन्ट जोसेफ कन्भेन्ट स्कूलमा अध्ययन गरेकी हुन् । मदर टेरेसालाई आफ्नो प्रेरणाको श्रोत बताउने कोइरालाले काठमाडौंमा झण्डै २० वर्ष अध्यापन गरेकी छन् ।

सन् २०१० मा कोईराला सिएनएन हिरो बनेकी थिईन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेकी उनी केही समयअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन् ।

बाबुराम कुवँर
प्रदेश नं ४ को प्रदेश प्रमुखको लागि नियुक्त भएका बाबुराम कुवँर पूर्वमहान्यायधिवक्ता हुन् । अर्घाखाँची घर भएका कँुवर तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा महान्यायधिवक्ता थिए । कुँवर नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्षसमेत हुन् ।संवैधानिक विषय तथा फौजदारी कानूनका विशेष ज्ञाताका रुपमा समेत उनी परिचित छन् ।

उमाकान्त झा
प्रदेश नं ५ को प्रदेश प्रमुखमा नियुक्त भएका उमाकान्त झा पूर्वसिंचाई तथा ऊर्जा सचिव हुन् । उनी तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री समेत भएका थिए । झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन् ।

दुर्गा किशोर खनाल
प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनाल पञ्चायत कालदेखि नै कांग्रेसका नेता हुन् । सुर्खेत निवासी दुर्गा किशोर खनाल पूर्व शिक्षक र सांसद पनि हुन् । बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । उनले नेपाली अखबारमा नियमित रुपमा समसामयिक विषयमा कलम चलाउदै आएका छन् ।

मोहनराज मल्ल
प्रदेश ७ को प्रमुखमा नियुक्त भएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायतका सदस्य हुन् । कैलाली घर भएका मल्ल केहि समय अघि मात्र काग्रेसमा प्रवेश गरेका थिए । यसैबीच सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

प्रदेश नम्बर १ मा धनकुटामा कार्यरत क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलाईसचिवमा खटाइएको छ भने प्रदेश २ मा कामु सचिव यादव कोइरालालाई कामुसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...