५६ सिटका लागि ८३ जनाको उम्मेदवारी दर्ता – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

५६ सिटका लागि ८३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको ५६ सीटका लागि यही माघ २४ गते हुन गईरहेको चुनावमा ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक प्रदेशबाट ८÷८ जनाका दरले निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ९, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा चुनावका लागि २ हजार ५६ जना मतदाता रहेका छन् । (नामावली पृष्ठ ५ मा रहेको छ ।)

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ १५, ०८: ५५

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ माघ १५, ०८: ५५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ माघ १५, ०८: ५५

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...