एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।

सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं ।यद्यपि, कम्पनीले टिकटक र भाइबर लगायत अन्य दर्ता भइसकेका सामाजिक सञ्जालका प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराएको छ ।

उक्त सूचना एनसेल आजियाटा लिमिटेड, एनसेल आइकन भवन, लैनचौर–२९, काठमाडौँले जारी गरेको हो।

सम्बन्धित समाचार

६ राजदूतलाई फिर्ता बोलाइयो
६ राजदूतलाई फिर्ता बोलाइयो
  • २०८२ भाद्र १९, २०: ४९

काठमाडौं । सरकारले ६ राजदूतलाई फिर्ता बोलाएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय...

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
  • २०८२ भाद्र १९, २०: ४९

काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०८२ भाद्र १९, २०: ४९

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...