जाँदाजाँदै सरकारको लोकप्रिय निर्णय – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

जाँदाजाँदै सरकारको लोकप्रिय निर्णय

नयाँ सरकार गठनकार्य अब छिट्टै हुन गइरहेको अवस्थामा वर्तमान सरकारले महत्वपूर्ण निर्णय गरेको छ । उसले ६५ वर्ष मै वृद्ध भत्ता दिने देखि लिएर भुकम्प पीडित र बाढी पीडितहरुलाई थप एक लाख अनुदान दिने महत्वपूर्ण निर्णय गरेको हो । यसलाई कतिपयले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले अस्वभाविक निर्णय भनेका छन् ।

लोकप्रियता कमाउने हिसाबले गरेको यस प्रकारको निर्णयले मुलुकलाई असर गर्ने सरोकारवालाहरुको भनाई छ । राज्यलाई भार थप्ने काम गरेर सरकारले सस्तो लोकप्रियताका लागि गरेको एमालेले आरोप लगाएको छ । जाँदा जाँदै शेरबहादुर नेतृत्वको सरकारले विभिन्न ठाँउमा राजनीतिक नियुक्ति गरेको भन्दै चर्काे आलोचना भईरहेको बेला सरकारले बुधबार उक्त निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकलाई ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय गरेको सूनचना तथा सञ्चारमन्त्रि मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको हो । यसैगरी सरकारले एकल महिला र दलितलाई दिने भत्ताको उमेर हद पनि घटाएको छ ।

सरकारको निर्णय अनुसार पहिला ६० वर्षमा पाउने भत्ता अब ५५ वर्षमा पाउनेछ । त्यसैगरी सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई थप एक लाख रुपैयाँ अनुदान रकम दिने भएको छ । भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा भूकम्प पीडितलाई अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको हो । यसैगरी सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।

२०६२ साल जेठ २३ गते दक्षिण चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु भएकालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो । यसैगरी सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीबाट कास्की, सिन्धुपाल्चोक, सिराह र खोटाङमा मारिएकाहरुलाई पनि सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक ५ हजार दिने निर्णय पनि गरेको छ ।त्यसैगरी सरकारले सात वटै प्रदेशमा आन्तराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जस अनुसार प्रदेश नम्बर १ को धरान, प्रदेश नं २ को वीरगंज, प्रदेश नं ३ को चोभार, काठमाडौँ, प्रदेश नं ४ को तनहुँ, दमौली, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । यसैबीच सरकारले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता वापतको मासिक पाँच हजार रुपैयाँ भत्ता वितरण सुरु गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा २९ जना पीडितहरुलाई भत्तावापतको चेक प्रदान गरेका छन् । वीर अस्पतालले आयोगजना गरेको भत्ता वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराइरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १२ जना र मिर्गौलाको उपचार गराइरहेका ११ जनालाई जिविकोपार्जन वापतको चेक दिएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ माघ १५, ०९: ०४

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...