जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुर । जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो ।

शुक्रबार आयोजक संस्थाका पदाधिकारीहरुले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत कार्तिक २७ गत्ते देखि ३० गत्तेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा उक्त एक्सपो हुने जानकारी दिएको छ ।

एक्सपोमा उद्योग कृषि र अटोमोबाइल क्षेत्रहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिहरुको प्रदर्शनसमेत गरिने उद्योग परिसंघका मधेश प्रदेश अध्यक्ष प्रमोद साहले बताए ।

उनले एक्सपोमा व्यवसायिक मिलन (बीटुबी) का लागि वातावरण निर्माण गरिएको र यस्ले विभिन्न उद्यागी, व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा एक आपससंग समन्यव गर्ने अवसर मिल्ने बताए । एक्सपोमा विभिन्न उद्योगका प्रमुख विशेषत्रहरुले कार्यशाला र प्यानल छलफल गर्ने जाकारी दिए ।

एक्सपोमा नेपालसहित अन्यदेशका निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता तथा विचारशी व्यक्तिहरुको उपस्थिती हुने अध्यक्ष साहले जानकारी दिए ।

यस एक्सपोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग, मधेश प्रदेश, जनकपुरधाम उप–महानगरपालिका र नेपाल फ्ेट फर्वाडर एशोसिएसनलगायतका संस्थाहरुले सहयोग एवम सहकार्य गर्ने भएको छ ।

सम्बन्धित समाचार

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ भाद्र २१, १८: २३

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ भाद्र २१, १८: २३

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
  • २०८२ भाद्र २१, १८: २३

काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...