निजामती सेवा दिवस मनाइँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं. २०६२ भदौ २२ गतेबाट मात्र यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम छ  । त्यसरी सम्मानित हुनेमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई एक लाख रुपैयाँको दरले सम्मान गर्न लागिएको छ,भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मानित हुने छन् ।

निजामती दिवसको अवसरमा आज कर्मचारीहरूलाई बिदा दिइएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ भाद्र २२, ०८: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ भाद्र २२, ०८: ०२

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ भाद्र २२, ०८: ०२

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...