
नयाँ विकल्प ,
काठमाडौं –राष्ट्रियसभामा सदस्य हुनबाट नेकपा उपाध्यक्ष बामदेव गौतम रिङआउट भएका छन् । अव उनी बाहेकबाट राष्ट्रियसभा सदस्यका लागि खोजी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाईनै दोहोर्याउन चाहेपनि पार्टीका नेता तथा कार्यकर्ता तहबाट केन्द्रीय सदस्य गुरु बराललाई बनाउनुपर्ने दवाव बढेको छ।
गत फागुन २० मा खतिवडाको दुई बर्षे कार्यकाल सकिएको थियो। उनी प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका हुन् । प्रधानमन्त्रीलाई आफु निकट नेताहरुले बराललाई राष्ट्रियसभामा पठाउन दवाव दिएपनि उनी भने खतिवडालाई नै दोहोर्याउने पक्षमा छन् ।
उनले शनिबार साझ एक टेलिभिजनलाई अन्तरवार्ता दिदै खतिवडाको तारिफ गर्दै उनी सक्षम अर्थमन्त्री भएको टिप्प्णी गरेका छन् । त्यसैलेपनि उनको संभावना बलियो रहेको बताइएको छ। प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई समेत आफ्नो कित्ताबाट फुत्कन नदिने रणनीति बनाएका छन् ।
शनिबारको टेलिभिजन अन्तरवार्तामा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयको औचित्य समाप्त भएको बताए। प्रधानमन्त्रीले गौतमलाई आफ्नौ कित्तामा राख्न गौतमपत्नी तुुलासा थापा मागरलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । यसकारण गौतम प्रधानमन्त्रीसंग असन्तुष्ट नभएको स्रोतले दावी गर्यो।
प्रधानमन्त्रीले अबको पुनर्गठनमा थापालाई मन्त्रिमण्डलमा समावेश गर्ने बताएको गौतम निकट स्रोतले बतायो। अहिले शहरी विकास मन्त्रालय र सूचना तथा संचारमन्त्रालयमा मन्त्री छैनन् । प्रधानमन्त्रीले थापालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने स्रोतको दावी छ।
अहिले सो मन्त्रालयको जिम्मेवारी लिएका पार्वत गुरुङलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडालाई राष्ट्रियसभा सदस्य नबनाएको खण्डमा सुरेन्द्र पाण्डलाई अर्थमन्त्री बनाउने चर्चा चलेको छ। ।
अर्थमन्त्री नभए अन्य मन्त्रालयमा नजाने पाण्डले े बताएका छन् । तर उनी पार्टीका वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । प्रधानमन्त्रीका किचेन क्याविनेटका सदस्यहरुले फरक गुटको नेतालाई अर्थ र संचार मन्त्रालयको जिम्मेवारी दिनु नहुने सल्लाह दिदै आएका छन् ।
तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् ।
पार्टीमा पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रिपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु भने तत्काल परिवर्तन नहुने भएका छन् । शनिबारको टिभि अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने – मन्त्रीमण्डलको पुनर्गठन आवश्यकता हेरेर उपयुक्त समयमा हुन्छ, तर प्रदेशका मुख्यमन्त्रीहरु प्रिवर्तन हुदैनन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...