प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको सम्बन्धमा ‘आईसब्रेक’! – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको सम्बन्धमा ‘आईसब्रेक’!

नयाँ विकल्प,

काठमाडौं – लामो समय देखि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखअग्नी सापकोटा बीचको चिसो सम्बन्ध न्यानो बनाउने प्रयास भएको छ।

गएको असार १६ गते संसदबाट एमसीसी पास गर्नुपर्नेमा सभामुख सापकोटाले त्यसलाई छलेर १७ गते संसदको बैठक राखेपछि उनीहरुबीचको चिसो सम्बन्ध सतहमा आएको थियो। सम्बन्ध चिसिएको झण्डै तीन महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।भेटमा कुनै राजनीतिक कुराकानी नभएपनि बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको बताइएको छ।

भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने आश्वासन दिएका थिए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १४, १२: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र १४, १२: ०९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १४, १२: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...