जेनजीलाई संयम भएर अगाडि बढ्न गगनको सुझाव – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

जेनजीलाई संयम भएर अगाडि बढ्न गगनको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीलाई संयम भएर अगाडि बढ्न सुझाव दिएका छन् । जेन–जीको आन्दोलनपछि पहिलोपटक सामाजिक सञ्जालमा भिडियो बनाएर महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । उनले ‘जेन–जीको हुटहुटी दुखान्त नहोस्’ भन्नेमा सचेत गराएका छन् ।

‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ? फेरि अर्को आन्दोलन हुन्छ।’

अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनकाे भनाइ छ । ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए। गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए ।

सम्बन्धित समाचार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
  • २०८२ भाद्र २६, १२: २८

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २६, १२: २८

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २६, १२: २८

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...