काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीलाई संयम भएर अगाडि बढ्न सुझाव दिएका छन् । जेन–जीको आन्दोलनपछि पहिलोपटक सामाजिक सञ्जालमा भिडियो बनाएर महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । उनले ‘जेन–जीको हुटहुटी दुखान्त नहोस्’ भन्नेमा सचेत गराएका छन् ।
‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ? फेरि अर्को आन्दोलन हुन्छ।’
अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनकाे भनाइ छ । ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ।’
उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए। गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए ।
कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको...
काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ ।...
काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे...