काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आग्रह गरेको हो।

समितिका अनुसार सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन दिन सकिनेछ। उपकुलपति नियुक्ति प्रक्रिया ‘काठमाडौं विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अघि बढाइएको जनाइएको छ।

यसअघि जेठ १९ गते बसेको विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपतिका संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा तथा राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य रहेका छन्।

समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम उपकुलपति पदका लागि सिफारिस गर्नेछ। शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा अग्रणी मानिने काठमाडौं विश्वविद्यालयमा नयाँ नेतृत्व चयनसँगै संस्थाको शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८३ असार ३, १६: ४१

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८३ असार ३, १६: ४१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८३ असार ३, १६: ४१

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...