पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी – Naya Bikalpa
September 11, 2025, Thursday      Epaper

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी

कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले एक सूचना जारी गरी पोखराको वडा नं १ देखी ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ ।

जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

सो आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ । कर्फ्यूका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । यसैगरी भदौ २७ गते बिहान ५ बजेदेखि विहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

सर्वाेच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने
सर्वाेच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने
  • २०८२ भाद्र २६, १९: ३५

काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ ।...

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार
संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार
  • २०८२ भाद्र २६, १९: ३५

काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे...

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
  • २०८२ भाद्र २६, १९: ३५

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण...