
काठमाडौं । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेशलाई निरन्तरता दिने भएको छ ।
एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते विहान ६ बजे सम्म कफ्र्यू आदेश जारी गरेको छ ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि विहान ६ बजे देखि विहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ ।
निषेधाज्ञा तथा कफ्र्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।
यस्तै, आन्तरिक र अन्तराष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न समेत सकिने छ ।


काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...
लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...