विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद

काठमाडौँ । नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको जनाएको छ । नेपाली सेनाले सुरक्षा अपडेट दिदै काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।

त्यसैगरी, सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिईएको छ ।

त्यस्तै बाँके जिल्लाको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा १ जना कैदी घाइते भएका छन् ।

ललितपुर जिल्लाको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन् ।

सम्बन्धित समाचार

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८२ भाद्र २७, ०८: ४१

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...

भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
  • २०८२ भाद्र २७, ०८: ४१

काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ भाद्र २७, ०८: ४१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...