जेनजीको प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री बन्दै – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

जेनजीको प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री बन्दै

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउने तयारी गरिएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै शपथ ग्रहण गराउने सम्भावना रहेको शितल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले जेनजी समूहको चर्को दबाबका बीच शीतल निवासमा बिहीबार मध्यरातसम्म प्रधानसेनापति, विभिन्न दलका नेता, संविधानविद्लगायतसँग छलफल गरेका थिए । दल र संविधानविद्हरूले संविधान नमासिने गरी कदम चाल्न सुझाएका थिए । राष्ट्रपति संविधानको संरक्षक भएकाले उनले पाएको अधिकारअन्तर्गत गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । जेनजी आन्दोलनकारीहरूको मागअनुसार नै कार्कीको नाममा सहमति जुटेको बताइएको छ ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्टपति पौडेलले संवैधानिक कानुनका विज्ञहरूसँग पनि बिहीबार अबेरसम्म छलफल गरेका थिए । संविधानलाई जीवित राख्ने गरी कार्कीलाई कसरी नियुक्त गर्न सकिन्छ ? भन्ने विषयमा राष्टपति पौडेलको चासो थियो ।

हिजो नै राष्टपति पौडेलले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । प्रधानसेनापति अशोक राज सिग्देलसमेतको सहभागितामा भएका यी छलफलमा कार्कीमा नाम सहमति जुटेपछि उनलाई संविधानको रा्ष्ट्रपति संरक्षक हुने हैसियतलेमात्रै नियुक्त गर्न लागिएको छ । छलफलबारे अनौपचारिक रूपमा राजनीतिक दलहरूलाई पनि जानकारी भने गराइएको स्रोतहरूले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
  • २०८२ भाद्र २७, ०९: ४१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २७, ०९: ४१

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २७, ०९: ४१

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...