बिहान ६ देखि ११ बजेसम्म अत्यावश्यक कामको लागि खुला – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

बिहान ६ देखि ११ बजेसम्म अत्यावश्यक कामको लागि खुला

काठमाडौं। अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो ।११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । साँझ ५ देखि ७ बजेसम्म खुला रहने नेपाली सेनाले जनाएको छ ।
सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ ।बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भए पनि ससानो समूहमा मात्र कार्य गर्न सेनाले आग्रह गरेको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायत इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८२ भाद्र २७, १२: ३१

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...

भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
  • २०८२ भाद्र २७, १२: ३१

काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ भाद्र २७, १२: ३१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...