सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानबाट बाहिर जानु हुँदैन – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानबाट बाहिर जानु हुँदैन

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा उत्पन्न हालको राजनीतिक संकटको समाधान संविधान र विधिको शासनबाटै खोज्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणमा सबै दल प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं ।”

साथै, सभामुख घिमिरे र अध्यक्ष दाहालले जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत उनीहरूले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । हाल अन्तरिम सरकार गठनका विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित समाचार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
  • २०८२ भाद्र २७, १३: ४०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २७, १३: ४०

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २७, १३: ४०

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...