नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल आत्मसमर्पणमा आउन अपिल – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल आत्मसमर्पणमा आउन अपिल

ललितपुर : नक्खु कारागार प्रशासनले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सबै कैदी र थुनुवालाई तत्काल सम्पर्कमा आई आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको छ । कारागारले बिहीबार जारी गरेको विज्ञप्तिमा कानुनी प्रक्रियाको पालना गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोग पुर्‍याउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २४ गते नक्खु कारागारबाट भागेका सम्पूर्ण कैदी र थुनुवालाई तुरुन्तै कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न अनुरोध गरिन्छ । कानुन र सामाजिक दायित्वप्रति सम्मान देखाउँदै सहयोग गर्नुहोस् ।’

कारागार प्रशासनले फरार कैदी र थुनुवाले सम्पर्कमा नआएमा कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ । ‘फरार रहिरहेमा प्रचलित कानुनअनुसार सजाय थप कडाइका साथ लागू हुनेछ । यसले भविष्यमा प्राप्त हुनसक्ने कानुनी सुविधा र सामाजिक पुनर्स्थापनामा गम्भीर असर पार्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ । कारागार ऐन २०७९ र अन्य कानुनी प्रावधानअनुसार कारबाही अघि बढ्ने प्रशासनले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा थिए । भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि र लामिछानेका समर्थकहरूको ठुलो भिड कारागार परिसरमा पुगेपछि सुरक्षा चुनौतीका कारण उनीसहित अन्य कैदीहरू बाहिरिएको कारागार प्रशासनले जनाएको छ ।

लामिछानेले भने आफूलाई कारागार प्रशासनले कानुनी प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका छन् । तर प्रशासनले स्पष्ट रूपमा फरार भएका सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
  • २०८२ भाद्र २७, १४: ३०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २७, १४: ३०

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २७, १४: ३०

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...