जेनजीको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

जेनजीको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध

काठमाडौँ : नेपाल प्रहरीले देशका विभिन्न स्थानमा भएको जेनजीको विरोध प्रदर्शन र आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने अन्य घटनासँग सम्बन्धित सूचना संकलन गर्न आम जनसमुदायसँग सहयोगको आग्रह गरेको छ ।

उक्त घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए, ती लिङ्कहरू इमेलमा पठाउन प्रहरीले अनुरोध गरेको छ । यससँगै, प्रहरीले सामग्री पठाउने व्यक्तिहरूको गोपनीयता पूर्ण रूपमा कायम राखिने बताएको छ ।

प्रहरीको यो पहलले जनसाधारणमा भय-त्रास सिर्जना गर्ने घटनाहरूको सत्य तथ्य अनुसन्धान गर्न र दोषी पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
  • २०८२ भाद्र २७, १५: ५७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २७, १५: ५७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २७, १५: ५७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...