सशस्त्रले भन्यो : आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी दिनु – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सशस्त्रले भन्यो : आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी दिनु

काठमाडौं।सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति  सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न  आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचारप्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाइ सीमा अपराधलगायत लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुनसक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध छ ।”

यसैगरी राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम् परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालन भइरहेको पनि जनाइएको छ ।

प्रहरी बलले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदिशाअन्तर्गत सीमा सुरक्षामा आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तरराष्ट्रिय सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गर्न प्रभावकारी रूरुपमा परिचालन हुँदै आइरहेको पनि जनाएको छ ।

सम्बन्धित समाचार

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८२ भाद्र २७, १९: ५५

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...

भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने
  • २०८२ भाद्र २७, १९: ५५

काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ भाद्र २७, १९: ५५

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...