मन्त्रालयका लागि नयाँ सवारी साधन नकिन्न अर्थमन्त्री खनालको निर्देशन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

मन्त्रालयका लागि नयाँ सवारी साधन नकिन्न अर्थमन्त्री खनालको निर्देशन

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सवारी साधन खरिद नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले यो सरकार कामचलाउ सरकार भएकाले नयाँ सवारी साधन खरिद नगर्न निर्देशन दिएका हुन् ।

कर्मचारीहरूलाई निर्देशन दिँदै उनले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेट चाहिने भएकाले नयाँ सवारी साधन किन्न नहुने बताएका हुन् ।निजी सवारीमा भएको क्षतिको दायित्व बीमाबाट पूर्ति हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौं, कवाडी भएको बिक्री गरौं, पुनःनिर्माण तत्कालै शुरू गरी हामी केही महिनाभित्रै उठ्यौं भन्ने सन्देश दिन जरुरी छ’, मन्त्री खनालले भने ।

विनासबाट उठ्यौं है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी समेत उनले बताए । अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने उल्लेख गरे ।

सम्बन्धित समाचार

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ भाद्र ३०, १७: ००

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ भाद्र ३०, १७: ००

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ भाद्र ३०, १७: ००

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...