असोज १ गतेबाट २४सै घण्टा बीपी राजमार्ग सञ्चालन हुने – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

असोज १ गतेबाट २४सै घण्टा बीपी राजमार्ग सञ्चालन हुने

धूलिखेल,काभ्रे । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेकाले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको थियो ।मनसुनमा बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
मनसुनको समयमा बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
  • २०८२ भाद्र ३१, ०७: ४४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
  • २०८२ भाद्र ३१, ०७: ४४

काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...

मस्कटमा नेपाल-ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
मस्कटमा नेपाल-ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
  • २०८२ भाद्र ३१, ०७: ४४

काठमाडौँ : ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल-ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको...