कुलमानको कार्यकाल पुनः थप्ने उर्जामन्त्रीको घाेषणा ! – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कुलमानको कार्यकाल पुनः थप्ने उर्जामन्त्रीको घाेषणा !

नयाँ विकल्प

काठमाडाैं-सरकारले नेपाल विधुत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाइ दाेस्राे कार्यकालकालागि दाेहाेर्याउने तयारी गरेकाे छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल आगामी भदौ २९गते सकिदैछ ।

कुलमानले नेपालमा लाेडसेडिङकाे अन्त्य गरेका थिए । उनि नियुक्ति हुनपुर्व उपत्यकालगायत देशका अधिकांश स्थानमा दैनिक १८ घन्टा सम्म बढि लाेडसेडिङ हुने गरेकाे थियाे । कुलमानलाइ दाेस्राे कार्यकाल समेत दाेहाेर्याउनु पर्ने भन्दै सरकारमाथी चाैतर्फी दवाब बढेकाे छ ।

घिसिङ २०७३ भदौ २९ गते कुलमान नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

कुलमानलाइ दाेस्राे कार्यकालकालागि नियुक्ती गर्न उर्जा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेकाे खुलासा गरेका छन् ।

साेमबार एक टेलिभिजलाइ अन्तरवार्ता दिदै उर्जा मन्त्री बर्षमान पुन अनन्तले कुलमान दाेस्राे कार्यकालकालागि पुन नियुक्त हुने बताए । पुन ले यसवारे प्रधानमन्त्री केपी शर्मा ओली संग समेत छलफल भएकाे बताएका छन् ।

पुनले प्राधिकरणका कार्यकारी अधिकृत घिसिङकाे कार्यकाल सकिनु पूर्व उनलाइ नियुक्तगर्न उर्जा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिसकेकाे समेत खुलासा गरेका छन् ।

घिसिङको कार्यकाल सकिदै गर्दा आमनागरिकमा फेरि लाेड सेडिङ बढने त हैन भन्ने शंसय पैदा भएकाे बेला घिसिङकाे पुनः नियुक्तिकाे विषय सर्वाधिक चाशाेकाे बनेकाे छ ।

कुलमानकाे विगत
२०५१ मा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको मुख्यालयमा तानिएका घिसिङलाई तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले जिम्मेवारविहिन बनाएकी थिइन् ।

ज्ञवालीको पालमा विधुत प्राधिकरणका कार्यकारी अधिकृत मुकेश काफ्लेले थिए। काफ्लेमाथी आर्थीक अनियमितता उर्जा माफियाकाे मिलेमताेमा कृतिम लाेडसेडिङ गरेकाे आराेप समेत लगेकाे थियाे

मन्त्री ज्ञवाली विवादमा परेर हटाईएपछि ऊर्जामन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई प्राधिकरणमा ल्याएका थिए । घिसिङको नियुक्तिको विषयलाई लिएर प्राधिकरणमा संगठनहरुले आन्दोल गरे ।

मुकेश काफ्ले लगायतकाले प्राधिकरणमा घिसिङभन्दा माथिल्लो तहका कर्मचारीले उनको नेतृत्वलाइ बदर गर्न सर्वोच्च अदालतमा रिट समेत हाले । सर्वोच्चले घिसिङकै पक्षमा निर्णय सुनायो । घिसिङले जिम्मेवारी संम्हालेको दोस्रो महिनाबाट नेपालमा सधैका लागि लोडसेडिङको अन्त्य भयाे ।

आमनागरिकले उज्यालो नेपालका अभियन्ताको रुपमा कुलमानलाइ लिने गर्छन् । जिम्मेवारी सम्हालेको ४ वर्षमा व्यवसायिकरुपमा सफलता पाएकाे प्राधिकरणाले विद्युत उत्पादन बढाउने, चुहावट रोक्ने काममा सफलता पाएकाे छ ।

घिसिङले जिम्मेवारी सम्हाल्नु पूर्व घाटामा रहेको प्राधिकरणले लगातार नाफा गर्दै पछिल्लो बर्ष २०७६ ७७ मा मात्र ११ अर्व बढि मुनाफा गरेको छ । प्राधिकरण चुहावत रोकेर मात्र बार्षिक ८ अर्व वढि मुनाफ कमाउन थालेको छ ।

प्राधिकरणले यतिवेला झन्डै ९० प्रतिशत घरधुरीमा विध्युत पुर्याउन सफल भएको छ । काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा भुमिगत विधुत प्रशारणको काम अडाढि बढाईएको छ । प्राधिकरणको हाल उत्पादन क्षमता चार हजार एक सय ६१ मेगावाट बराबर भएको छ ।

उक्त विधुत उत्पादन घिसिङ कार्यकारी प्रमुख भएपछि करिव ८७ प्रतिशतले भएको हाे ।
चार वर्षअघि भारतबाट ३५० मेगावाट मात्र विद्युत लिन सकिने प्रसारण लाइनकाे क्षमतालाइ बृद्धि गरेर १५ सय मेगावाटकाे निर्माण गरिएको छ । प्राधिकरणले भारतलाई नेपालमा उत्पादित विधुत बेच्नकालागि प्रशारण लाइन क्षमता बढाएको हो ।

चार वर्षअघि नेपालमा कुल ८०१.७ मेगावाट जलविद्युत उत्पादन भइरहेकोमा यतिवेला उत्पादन वृद्धि गरि १२५८.७ मेगावाट पुगेको छ । थप १०४ मेगावाटका जलविद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १५, १०: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र १५, १०: ००

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १५, १०: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...