काठमाडौं। हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ।शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलमा हराएका वा दुश्मनको कब्जामा रहेका सैनिकलाई जसरी पनि फिर्ता ल्याउनुलाई ‘राष्ट्रिय कर्तव्य’मानिन्छ। रोन अरादको घटना इजरायलका लागि एउटा दुःखद र लामो समयदेखिको पीडादायी घाउ हो, किनभने उनको अवशेष कहिल्यै भेटिएन र उनको वास्तविक नियति अझै पनि अनिश्चित छ।हमासले सार्वजनिक गरेको पोस्टरमा जिवित र मृत्यु भएकोबारे खुलाइएको छैन।सबैको रोन अराद भनेर क्रमैसँग उल्लेख गरिएको छ।अराद इसाइली वायुसेनाका क्याप्टेन थिए।
उनी सन् १९८६ मा लेबननमा बेपत्ता भएका थिए। उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो भनेर अल जजिराले लेखेको छ।यदि इजरायलले आफ्नो सैन्य कारबाही रोकेन भने गाजामा रहेका बन्धकहरूको भविष्य पनि रोन अरादको जस्तै अन्धकार र अनिश्चित हुने चेतावनी हमासले दिएको हुनसक्छ ।हमासले ‘बिदाई सूचि’ जारी गर्नुको मुख्य उद्देश्य इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारमाथि दबाब सिर्जना गर्नु पनि हो। यसले बन्धकहरूलाई बचाउनका लागि कुनै पनि मूल्यमा सम्झौता गर्न तयार नभएको इजरायली सरकारको अडानलाई चुनौती दिएको छ ।
यो सूची सार्वजनिक गरेर हमासले बन्धकहरूको जीवनको जिम्मेवारी इजरायली सरकारको सैन्य कारबाहीमा निर्भर रहेको र उनीहरूको जीवन खतरामा रहेको सन्देश दिन खोजेको हुनसक्छ ।सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा सरप्राइज खालको आक्रमण गरेर करिब १ हजार जनाको हत्या गरेपछि इजरायलले त्यसको बदलामा गरेको आक्रमणमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...
कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...
काठमाडौं : शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ...