विदाइको सूचीमा विपिनको नाम पनि तर यसको सन्देश के हुनसक्छ ? – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

विदाइको सूचीमा विपिनको नाम पनि तर यसको सन्देश के हुनसक्छ ?

काठमाडौं।  हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ।शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‍

कतारी टेलिभिजन नेटवर्क अल जजिराका अनुसार हमासले जिवित र मृत्यु भइसकेकाहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको हो।त्यसमा नेपालका विपिन जोशी पनि देखिएका छन्।तस्वीर सार्वजनिक भएपनि उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।यसलाई एउटा सांकेतिक चेतावनी र मानसिक दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरिएको छ ।

इजरायलमा हराएका वा दुश्मनको कब्जामा रहेका सैनिकलाई जसरी पनि फिर्ता ल्याउनुलाई ‘राष्ट्रिय कर्तव्य’मानिन्छ। रोन अरादको घटना इजरायलका लागि एउटा दुःखद र लामो समयदेखिको पीडादायी घाउ हो, किनभने उनको अवशेष कहिल्यै भेटिएन र उनको वास्तविक नियति अझै पनि अनिश्चित छ।हमासले सार्वजनिक गरेको पोस्टरमा जिवित र मृत्यु भएकोबारे खुलाइएको छैन।सबैको रोन अराद भनेर क्रमैसँग उल्लेख गरिएको छ।अराद इसाइली वायुसेनाका क्याप्टेन थिए।

उनी सन् १९८६ मा लेबननमा बेपत्ता भएका थिए। उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो भनेर अल जजिराले लेखेको छ।यदि इजरायलले आफ्नो सैन्य कारबाही रोकेन भने गाजामा रहेका बन्धकहरूको भविष्य पनि रोन अरादको जस्तै अन्धकार र अनिश्चित हुने चेतावनी हमासले दिएको हुनसक्छ ।हमासले ‘बिदाई सूचि’ जारी गर्नुको मुख्य उद्देश्य इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारमाथि दबाब सिर्जना गर्नु पनि हो। यसले बन्धकहरूलाई बचाउनका लागि कुनै पनि मूल्यमा सम्झौता गर्न तयार नभएको इजरायली सरकारको अडानलाई चुनौती दिएको छ ।

यो सूची सार्वजनिक गरेर हमासले बन्धकहरूको जीवनको जिम्मेवारी इजरायली सरकारको सैन्य कारबाहीमा निर्भर रहेको र उनीहरूको जीवन खतरामा रहेको सन्देश दिन खोजेको हुनसक्छ ।सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा सरप्राइज खालको आक्रमण गरेर करिब १ हजार जनाको हत्या गरेपछि इजरायलले त्यसको बदलामा गरेको आक्रमणमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ आश्विन ५, ०८: ४८

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ आश्विन ५, ०८: ४८

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
  • २०८२ आश्विन ५, ०८: ४८

काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...