डिल्लीबजार कारागार सारियो टोपबहादुर रायमाझीलाई – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

डिल्लीबजार कारागार सारियो टोपबहादुर रायमाझीलाई

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुन्धारा कारागारबाट डिल्लीबजार कारागार सारिएको छ।जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका मन्त्री रायमाझी सोमबार ९ असोज ६ गते कारागार फर्किएका थिए।
कारागारबाट फर्किएपछि डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि उनलाई पठाइएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए। स्थानान्तरण पत्र लिएर आएपछि देशभरका जुनसुकै ठाउँबाट आए पनि आफूहरूले राख्नुपर्ने डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८२ आश्विन ८, ०८: २०

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८२ आश्विन ८, ०८: २०

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८२ आश्विन ८, ०८: २०

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...