अझै ६८१३ कैदी सम्पर्कविहिन – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

अझै ६८१३ कैदी सम्पर्कविहिन

काठमाडौं।२४ भदौको जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडेर भागेका कैदीबन्दीका कारण अहिले समाज त्रस्त छ ।काभ्रे पनौतीका भगुवा कैदी सन्तबहादुरले घरमा श्रीमतीको हत्या गरेर जेल फर्किए । सन्तबहादुर जर्बजस्ति करणी उद्योगमा साढे ३ वर्षको सजायँ भोगिरहेका थिए ।यस्ता घट्नाले थुप्रै चूनौतिको सन्देश दिएका छन् ।
कैदीबन्दी समाजमा खुलेआम हिँड्दा सुरक्षा चुनौतीमात्रै थपिएको छैन, विदेश भाग्ने जोखिमसमेत बढेको छ । बुधबार १२ बजेसम्मको तथ्यांकअनुसार अझै ६ हजार ८१३ कैदीबन्दी खुला समाजमा छन् । जघन्य अपराध गरेर कारागार पुगेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै अहिले कारागार व्यवस्थापन विभागले यसबारे गृहकार्य सुरु गरेको बताइएको छ । यी कैदीहरु समाजमा चूनौति हुनसक्ने जोखिम पनि उत्तिकै छ ।

कारागारबाट बाहिर रहेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै उनीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । विवरण अध्यावधिक गरेका कैदीबन्दीका नागरिकता, पासपोर्ट लगायतको विवरण अध्यागमनमा बुझाइने विभागका निर्देशक चोमेन्द्र न्यौपानेका बताए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ आश्विन ९, १३: २६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ आश्विन ९, १३: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ आश्विन ९, १३: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...