
काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो । टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मुर्छा परेको देखाइएको थियो ।
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले भागदौडमा ३९ जनाको मृत्यु भएको र कुल ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार ३० हजारको सभा गर्न अनुमति दिइएकोमा ६० हजार भन्दा बढी उपस्थित भएका थिए । त्यस्तै तोकिएको समयभन्दा अभिनेता विजय ६ घण्टा ढिलो गरि सभामा आएको बताइएको छ । दिउसो ३ बजेदेखि राती ११ बजेसम्मका लागि अनुमति दिइएकोमा बिहान ११ बजेदेखि नै मानिसहरुको भिड लागेको थियो । अभिनेता विजय साँझ ७ बजेमात्र सभा स्थलमा पुगेर आफ्नो भषण शुरु गरेका थिए । लामो समयको भोक, प्यास र भिडका कारण यो घटना भएको विश्लेषण गरिएको छ ।
बीबीसीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...