आज मेघगर्जनसहित विभिन्न ठाउँमा वर्षाहुने पूर्वानुमान – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

आज मेघगर्जनसहित विभिन्न ठाउँमा वर्षाहुने पूर्वानुमान

काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका केही स्थानमा आज वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।

कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
  • २०८२ आश्विन १५, ०७: ३८

काठमाडौं : दसैंको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका...

ढिस्कोले पुरिएर चार जनाको मृत्यु
ढिस्कोले पुरिएर चार जनाको मृत्यु
  • २०८२ आश्विन १५, ०७: ३८

सर्लाही : जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा...

सुनसान प्रायः छ काठमाडौं
सुनसान प्रायः छ काठमाडौं
  • २०८२ आश्विन १५, ०७: ३८

काठमाडौं : हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज...