धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परी एकको मृत्यू,थुप्रै घाइते – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परी एकको मृत्यू,थुप्रै घाइते

काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका -१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस बिहान ६ बजे दुर्घटना हुँदा एक महिलाको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।मृतकको नाम र वतन खुल्न नसकेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताए।
३६ जना घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको टफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ आश्विन १८, १५: २८

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ आश्विन १८, १५: २८

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ आश्विन १८, १५: २८

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...