
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
“दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,” सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

काठमाडौं । नेपाल–भारत सीमानाकामा आवागमन आजदेखि बन्द हुने भएको छ ।भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २२ गतेबाट आवागमन...
काठमाडौं।गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका...
काठमाडौं।कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन् । मिति २०८२/०६/०६ गतेदेखि...