ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

काठमाडौं।जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ।मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए।
‘भदौ २३ र २४ गतेको सम्बन्धी एउटा जाँचबुझ आयोग छ। ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएका छौं,’ उनले भने।

उनका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो।उनले भने- ‘हामीले आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमित संयन्त्रबाट काम कारबाही नहुने भन्ने गृह मन्त्रालयको निर्णय पनि छ। त्यसकारण सबै सूचनाहरू उता पठाउँछौं। आज आएको जाहेरी दरखास्त पनि लिएर त्यहीँ पठाएका छौं।’

मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ आश्विन २२, ०८: १०

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ आश्विन २२, ०८: १०

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ आश्विन २२, ०८: १०

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...