आजको मौसम : कमजोर हुँदैछ मौसमी प्रणाली – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आजको मौसम : कमजोर हुँदैछ मौसमी प्रणाली

काठमाडौँ। मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ ।वर्षा हुने स्थानमा  हल्का वर्षा मात्रै हुनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने बिभागलेबताएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ आश्विन २३, ०८: ००

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ आश्विन २३, ०८: ००

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ आश्विन २३, ०८: ००

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...