
भक्तपूर। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले असोज २३ गते गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भए प्रमाण ल्याउन चुनौती दिएका छन् ।बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले विदेशी सुटर ल्याएर बालबालिकाको हत्या गरिएको दाबी गरे । उनले त्यसको छानबिनको माग गरे ।
‘कुनै कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो रु हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौँ,’ बस्नेतले भने ।उनले युवा संघले असोज २५ गते काठमाडौंको तीनकुनेमा दिउँसो ३ बजे मोटरसाइकल र्याली गर्ने पनि बताए ।
लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...