आज (बुधवार) लागि विदेशी मुद्राको विनिमयदर – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

आज (बुधवार) लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

हिजोको तुलनामा आज डलरमा सानो वृद्धि देखिएको छ भने युरो र पाउण्ड स्ट्रलिङमा केही गिरावट आएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो यो क्रमश: १४१ रुपैयाँ ५८ पैसा र १४२ रुपैयाँ १८ पैसा थियो ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ आश्विन २९, ०७: ३८

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ आश्विन २९, ०७: ३८

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ आश्विन २९, ०७: ३८

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...