प्रतिनिधिसभा विघटनलाई एमालेले भन्यो- प्रतिगमन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रतिनिधिसभा विघटनलाई एमालेले भन्यो- प्रतिगमन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने बताएका छन् । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव नहुने दाबि गरेका हुन् । इनले यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरेका छन् ।

ओलीले भने- हामि विभिन्न हमला र घुसपैठबाट आक्रान्त भएका छौं । हामीले जाको प्रतिगमनको अवस्थालाई बुझ्नु पर्दछ । चुनाव हुदैन । चुनाव गर्ने वैधानिक बाटो सरकारले समातेको छैन । पुर्व प्रधानन्यायाधीशलाई के गर्न हुन्छ के गर्न हुदैन थाहा छैन । पूर्वप्रधानन्यायाधीश आफैले फैसला गर्ने आफै संबैधानिक अनुसार प्रधानमन्त्री हुने ? आफैले संसद विघटन गर्नु हुदैन भनेर फैसला गर्ने अनि आफैले असंबैधानिक किसिमले विघटन गर्ने ? त्यसैले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।’

उनले जेन–जीको माग र आन्दोलन यससँग नजोडिने बताए । उनले जेन–जीका माग सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल भएको बताउँदै आन्दोलनमा अरु तत्त्वहरू सक्रिय भएको दाबी गरे ।

बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ। बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराए ।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यसमा जेनजीको आन्दोलन यससँग नजोडिने बताउदै ओलीले उनीहरुका सुशासन होस्, भ्रष्टाचार नहोस र सामाजिक सञ्जाल खोलियोस भन्ने माग रहेको बताए । साथै अहिले आफुहरुको काधमा असाधारण जिम्मेवारी रहेको त्यसलाई निभाउनु हामी सबैको कर्तव्य रहेको बताए ।

 

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ आश्विन २९, १४: २६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ आश्विन २९, १४: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ आश्विन २९, १४: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...