सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने दुई युवक पक्राउ – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने दुई युवक पक्राउ

काठमाडौँ ।  प्रहरीले टिकटकबाट अफवाह फैलाउने सजन श्रेष्ठ र अफ्ताव अन्सारीलाई नियन्त्रणमा लिएको छ ।  गत असोज ३० गते मोटरसाइकल चालक काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ ट्राफिक प्रहरीले लापरवाही ढंगले सवारी सञ्चालन गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । उनी बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकल चलाइरहेका थिए, जसमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल जडान गरिएको पाइएको थियो ।

पक्राउ परेकासँग प्रहरीले Samsung Galaxy A14 5G मोबाइल फोन १ थान र GoPro Hero 09 Black क्यामेरा १ थान बरामद गरेको छ । बरामद सामग्रीसहित दुबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

उनीहरुको साथबाट मोबाइल र गोप्रो क्यामरा एक एक थान बरामद गरि थप अनुसन्धान एवं आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाईएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ कार्तिक ४, १७: ००

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ कार्तिक ४, १७: ००

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
  • २०८२ कार्तिक ४, १७: ००

चितवनः आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ...