मेयर बालेनको आक्रोश- अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ? – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

मेयर बालेनको आक्रोश- अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ‘जेनजी’ आन्दोलनका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताले नै आगजनी गरेको आरोप लगाएका छन्। त्यसैलाई लिएर उनले ती दलहरू बालबालिकालाई दोषारोपण गर्दै आफूहरू निर्दोष देखाउन खोजिरहेको बताएका छन्।

बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।

उनले भनेका छन्: 

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो,

भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउछ,

काँग्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ कार्तिक ५, १९: ५४

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ कार्तिक ५, १९: ५४

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ कार्तिक ५, १९: ५४

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...