
काठमाडौं।निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ। बजेटको अन्तिम टुंगो हुन भने बाँकी छ।आयोगले निर्वाचन व्यवस्थापनका लागि नयाँ खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आकलन गरेर बजेट तयार पारेको हो।आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ। त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी छ।
आयोगले यसपटक बजेट माग गर्दा हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्ने योजना सहित बजेट अनुमान गरेको हो।अर्थमन्त्री रामेश्वर खनालले आयोगलाई यसअघि नै मितव्ययी भएर खर्च गर्न आग्रह गरिसकेका छन्।आयोगले निर्वाचनका लागि आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने भएकाले बजेट छुट्याइदिन अर्थ मन्त्रालयसँग ताकेता गरिरहेको छ।
काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...
काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...